
पर्सा । नेपालमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । वीरगन्जको गण्डक अस्थायी कोभिड अस्पतालको आइशोलेनशमा उपचाररत वीरगन्ज महानगर ११ श्रीपुरकी ८५ वर्षीया वृद्धाको मृत्यु भएको हो ।
अस्पतालका एक चिकित्सकका अनुसार मुटुरोगी वृद्धाको स्वास्थ्यमा समस्या देखिएपछि ५ दिन पहिले वीरगञ्जकै एडभान्स हस्पिटलमा भर्ना गरिएको थियो । एडभान्स हस्पिटलमा उपचारका क्रममा कोरोनाको लक्षण देखिएपछि गत मंगलबार उनको स्वाब संकलन गरि परीक्षण गर्दा बुधबार राती कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनलाई बिहिबार कोभिड अस्पतालमा ल्याइएकोमा आइशोलेशनमै उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस