
काठमाडौं । काठमाडौंका १० जना सहित देशभर १३३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका हुन् ।
आज थपिएका नयाँ संक्रमित काठमाडौं १०, कास्की ५, लमजुङ ३, बागलुङ १, तनहुँ १, बाँके २, बर्दिया २, दाङ ४, नवलपरासी पूर्व ४, रुपन्देही ४, जाजरकोट १, कालीकोट २, दैलेख ८, कैलाली ८, धनकुटा १, सुनसरी ५, झापा २५, मोरङ १, सप्तरी ७, मोरङ १, बारा १, सर्लाही २, पर्सा ३०, धनुषा १, पर्सा १, चितवन २, उदयपुर १ जना रहेका छन् ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ । भने ४४ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै, प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०७ जना निको भएर घर फर्किएका छन् । यो समेत कोरोना निको भएर घर फर्किनेको संख्या १२ हजार ९४७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस