
काठमाडौं । नेपालमा १३० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १३० जना नयाँ संक्रमित थपिएका हुन्।
आज थपिएका नयाँ संक्रमित दैलेख २५, काठमाडौं ८, झापा १, मोरङ ३, इलाम ८, सिरहा १, सुनसरी २, उदयपुर १, तेह्रथुम १, मोरङ २३, धनकुटा १, महोत्तरी २, पर्सा ४, दाङ १, नुवाकोट १, सोलुखुम्बु २, नवलपरासी पूर्व २, मकवानपुर १, रौतहट १, बारा १, कास्की ३, गोरखा २, रुपन्देही १, अर्घाखाँची १, बाँके २, बर्दिया ६, जुम्ला १, रोल्पा ३, सुर्खेत ३, अछाम १४, बाजुरा ३, कञ्चपुर ३ जना रहेका छन् ।
हालसम्म संक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ४० रहेको छ । त्यस्तै, संक्रमित मध्ये ७० प्रतिशत निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस