aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

काठमाडौंमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ साउन २०७७
काठमाडौंमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौंमा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौंमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

प्रवक्ता गौतमका अनुसारराष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा काठमाडौंका २ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग प्रयोक्रगशालामा गरिएको परिक्षणमा काठमाडौंका ३ जना, स्टार अस्पताल सानेपामा गरिएको परिक्षणमा काठमाडौंका ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।  

योसंगै हालसम्म संक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ४ सय ४० रहेको छ । त्यस्तै, संक्रमित कूल संख्या मध्ये  ७० प्रतिशत निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस