aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सप्तरीमा न्यायाधीशलाई पनि कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ साउन २०७७
सप्तरीमा न्यायाधीशलाई पनि कोरोना संक्रमण पुष्टि

सप्तरी । सप्तरीको राजविराजमा एक जना न्यायाधीशलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमणको पुष्टि भएको जनाएका हुन् । 

यसअघि उच्च सरकारी वकिल कार्यालयका प्रमुख ४३ वर्षीय सहसचिवमा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो। 

राजविराज नगरपालिकामा तीन दिनदेखि निषेधाज्ञा जारी छ।

प्रतिक्रिया दिनुहोस