aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

आम्दा अस्पताल, दमक र सीसीएमसी, गुल्मीका लागि स्वास्थ्य सामाग्री सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ साउन २०७७
आम्दा अस्पताल, दमक र सीसीएमसी, गुल्मीका लागि स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं । कोभिड -१९ को रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारको चालु प्रयासहरुलाई संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित प्रतिबद्धताको हिस्साका रुपमा हिमालय एअरलाइन्स्ले गत हप्ता आम्दा अस्पताल, दमक, झापालाई पोर्टेबल भेन्टिलेटर र अन्य स्वास्थ्य सामाग्रीहरु र कोभिड – १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी), गुल्मीलाई पीसीआर उपकरण हस्तान्तरण गरेको छ ।

पछिल्लो शनिबार, १९ जुलाई २०२० का दिन हिमालय एअरलाइन्स्ले पीसीआर (एनएई(३२, आइसीटिओबी(१६) उपकारण र अन्य अत्यावश्यक स्वास्थ्य उपकरण तथा सामाग्रीहरुः ५१२०० थान डिस्पोजेबल मेडिकल मास्क, ६०६ थान मेडिकल फेस शिल्ड, ५७५ थान मेडिकल चस्मा, ४० थान मेडिकल इन्फ्रारेड थर्मोमिटर, ३५ जोर प्रोटेक्टिभ बुट र ५००० जोर डिस्पोजेबल पन्जा कोभिड ( १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी), गुल्मीलाई प्रदान गरेको छ । 

यी सम्पूर्ण अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली र हिमालय एअरलाइन्स्का उपाध्यक्ष  विजय श्रेष्ठले संयुतm रुपमा सीसीएमसीको प्राङ्गणमा रेसुंगा नगरपालिकाका प्रमुख डिल्ली राज भुषाललाई हस्तान्तरण गरेका थिए  ।

अवसरमा मन्तव्य राख्दै परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले भन्नुभयो, “यस संकटको क्षणमा स्वास्थ्य सामाग्रीको परिमाण पर्याप्त छैन, मुलुकका साथसाथै सम्पूर्ण विश्व नै कठिन चरणबाट गुज्रिरहेको अवस्थामा हिमालय एअरलाइन्स्बाट प्राप्त यो सहयोग प्रति हामी आभारी छौ । यी महत्वपूर्ण स्वास्थ्य सामाग्री आपूर्ति समयमै भएका छन् । यसको प्रयोगले कोभिड - १९ को रोकथाम र नियन्त्रणमा अग्रपंतिmमा निरन्तर खटिएका हाम्रा स्वास्थ्यकर्मीहरुलाई बचाउन मद्दत पु¥याउँछ । 

हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले भन्नुभयो, “कोभिड(१९ को रोकथाम गर्ने नेपाल सरकारको कार्यमा सहयोगलाई निरन्तरता दिन पाउँदा हिमालय एअरलाइन्स् गौरवान्वित छ । यस कठिन परिस्थितिमा सरकारलाई सहयोग गर्नु नागरिक कर्तव्य हो । हस्तान्तरण गरिएका पीपीई उपकरण र स्वास्थ्य सामाग्रीले हाम्रो कार्यक्षेत्र बाहेकका सेवाका कार्यहरु गर्न र राष्ट्रलाई हरेक सम्भव तवरले मद्दत गर्न हिमालय एअरलाइन्स्को दीर्घकालीन प्रतिबद्धता दोह¥याउन चाहन्छ ।”

सहयोगलाई जारी राख्ने क्रममा शुक्रबार २४ जुलाई २०२० का दिन हिमालय एअरलाइन्स्का अध्यक्ष श्री झोउ एन्योगले आम्दा अस्पताल, दमकलाई एक पोर्टेबल भेन्टीलेटर सहित ५०० थान आरडीटी किट, १०० थान पीपीइ सेट, ५०० थान एन(९५ मास्क, २००० जोर सर्जिकल मास्क, ५००० जोर डिस्पोजेबल पन्जा र ५ इन्फ्रारेड थर्मोमिटर हस्तान्तरण गरेका थिए । उक्त स्वास्थ्य सामाग्री अस्पतालका तर्फ स्वीकार्नु हुंदै सम्माननीय प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव, इन्द्र भण्डारीले कोभिड नियन्त्रणमा हिमालय एअरलाइन्स्ले गरेका थिए ।  

स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष झोउ एन्योगले भन्नुभयो, “हाम्रो निरन्तर प्रतिबद्धता र व्यवसायिक मूल्य सर्वप्रथम राष्ट्र र समाजमा सेवा र योगदान पु¥याउनु हो ।  यद्यपि यस महामारीको समयमा एअरलाइन्स् आफैँ नै संकटको अवस्थामा जादैँ छ, कठिन समस्याहरुको सामना गर्दैछ । हामीले विभिन्न किसिमका योगदान पु¥याउन यथाशक्य प्रयासहरु गरेका छौ, चाहे त्यो रकम दान होस् या स्वास्थ्य सामाग्रीको हस्तान्तरण होस् वा आफ्ना कुनै कर्मचारीलाई कटौती नगरीकन कार्गो उडान संचालन मार्फत अत्यावश्यक सामाग्रीको आपूर्ति र विभिन्न मुलुकमा रहेका नेपाली नागरिकहरुलाई स्वदेश फिर्ता गर्ने उडानहरु संचालन होस् ।”

घातक महामारीको सुरुवातदेखि नै हिमालय एअरलाइन्स्ले विभिन्न तवरले राष्ट्रलाई सहयोग गर्न निरन्तर प्रयासरत रही आएको छ । सरकारको कोभिड ( १९ कोषमा १ करोड रुपैयाँको रकम योगदानका अलावा एअरलाइन्स्ले हालसम्म १७७ टन अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु आपूर्ति गर्न २४ वटा चार्टर उडान र कोभिड ( १९ सँग सम्बन्धित सबै स्वास्थ्य सुरक्षा प्रोटोकलहरु अबलम्बन गर्दै विभिन्न मुलुकहरुमा रहेका १०१४० जना नेपालीहरुलाई स्वदेश फिर्ता गर्न ६३ वटा उडानहरु सफलतापूर्वक संचालन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस