aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

बिटक्वाइनको कारोबारमा नयाँ उचाई, १ बराबर १२ लाख नाघ्याे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ साउन २०७७
बिटक्वाइनको कारोबारमा नयाँ उचाई, १ बराबर १२ लाख नाघ्याे

एजेन्सी । केही समयदेखि संकुचितरुपमा कारोबार भईरहेको क्रिप्टोकरेन्सी बिटक्वाइनको कारोबारले नयाँ उचाईँ हासिल गरेको छ ।

गएको जुनको शुरुवातपछि पहिलो पटक बिटक्वाइनको कारोबार १० हजार डलर (नेपाली मूल्य करिव बाह्र लाख बीस हजार) माथि पुगेको हो ।

कोरोनाभाइरसको प्रकोपबाट आर्थिक गतिबिधि कमजोर भएसँगै मूल्य घट्ने समस्या बिटक्वाइनले भोगिरहेको थियो ।

यो भर्चुअल मुद्रा गएको मे ११ मा यसको तेस्रो सबैभन्दा कमजोर बजारमा भएकाे थियो । जसले गर्दा बिटक्वाइनलाई नयाँ सिक्काहरुमा दिईने ईनाममा कटौती गरेर १२.५ बाट ६.२५ मा झारेको थियो ।

यस्तो कटौतीले बजारमा बिटक्वाइनको आपूर्तिलाई प्रभावित बनाएको थियो र हाल यसले बिटक्वाइन माइन गर्नेहरुलाई आफ्नो लागत लिनको लागि केहि समय लागेको हो ।

आईतवार मात्र बिटक्वाइन लामो अन्तराल पछि १० हजार डलर पार गर्दै १० हजार २ सय डलरमा कारोबार भएको थियो ।

नेपालमा भने बिटक्वाइन काराेबार अबैधानिक रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस