
काठमाडौं । नेपाल प्रहरी मुख्यालयका थप २३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी निरजबहादुर शाहीले आइतबार चार जना र मंगलबार २३ जनागरि २७ जनामा कोरोना संक्रमण देखिएको हो ।
डिआइजी शाहीका अनुसार चालक, मेकानिक्स र मेसमा काम गर्ने कर्मचारीहरु सहित २७ जनामा केरोना संक्रमण देखिएको हो । नेपाल प्रहरी अस्पतालमा उपचार भैरहेको उनीहरुको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल लाने तयारी गरिएको डिआइजी शाही बताए ।
प्रतिक्रिया दिनुहोस