
काठमाडौं । काठमाडौं उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।
प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा भक्तपुरका एक जना, काठमाडौंका ११ जना, शुक्रराज ट्रपिकल तथा शरुवा रोग अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ९ जना, ललितपुरका एक जना, त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा काठमाडौंका १ जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ललितपुरका एक जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका २१ जना र स्टार अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ६ जना र ललितपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालभर आज ३११ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै, हालसम्म नेपालभर संक्रिय संक्रमितको संख्या ५ हजार १ सय ३९ रहेको छ ।
प्रतिक्रिया दिनुहोस