
काठमाडौं । कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।
उनका अनुसार मृत्यु हुनेका बझाङका ६५ वर्षिया पुरुष रहेका छन् । उनी दमको रोगी रहेका थिए । उनको घरमै मृत्यु भएको हो । उनी गएको असार १४ गते भारतको बैङ्ग्लोरबाट बझाङ फर्किएका थिए ।
प्रतिक्रिया दिनुहोस