
एजेन्सी । कोरोना भाइरस खोपको परीक्षण संसारभरि भइरहेका खबरहरु आइरहेका छन । अब खोपको मूल्यका बारेमा छलफल गर्न थालिसकेको छ । कोरोना भाइरस खोप कोष योजनाका संयोजकहरूले अधिकतम मूल्य ४० डलर हुन सक्ने अनुमान गरेका छन ।
गभी भ्याक्सिन अलायन्स प्रमुख कार्यकारी अधिकृत सेठ बर्कलीका अनुसार हालसम्म कुनै खोपको मूल्य तोकिइएको छैन । तर, हामी यो सुनिश्चित गर्नेछौं खोपको मूल्य धनी र गरीब देशहरूमा फरक फरक हुन्छ । गभी एक भ्याक्सिन संगठन जसले कोभ्याक्सका लागि फ्यासिलिट गर्न संयोजन गर्ने संगठन हो ।
कोभ्याक्स फ्यासिलिटी कोभिड १९ भ्याक्सिन विश्वको सब भन्दा द्रुत र निष्पक्ष तरीकाले वितरण गर्न डिजाइन गरिएको हो । यसको लक्ष्य २०२१ को अन्त्यसम्ममा यसको सदस्य देशहरूमा यसको खोपको २०० मिलियन डोज पु¥याउने हो । यसभन्दा पहिले गाभीले भनेको छ ७५ भन्दा बढी देशहरूले गाभीमा सदस्य बन्न चासो देखाएका छन ।
सेठ बर्कलीले युरोपियन युनियनको कोभ्याक्स फ्यासिलिटी धनी देशहरूलाई ४० डलरमा यो खोप उपलब्ध गराउने योजना बनाएको टिप्पणीहरूलाई अस्वीकार गरेकी थिइन । बर्कलेले रोयटर्सलाई दिएको एक अन्तर्वार्तामा “कोभाक्स अधिकारीहरूले धेरै खोप मूल्य राखेका छन् र धनी देशहरूका लागि यो खोपको निश्चित मूल्यको सट्टा अधिकतम मूल्य राखिएको छ, जुन ४० सम्ममा हुन सक्दछ ।
बर्कलीका अनुसार कोरोनाको खोपहरू अहिले परीक्षणको शुरुमा चरणमा छ त्यसैले यसको मूल्य निर्धारण गर्न अहिले नै धेरै चाँडो हुन्छ । उनले भने, ’सत्य कुरा के हो भने कसैलाई पनि खोपको मूल्य के हुनेछ भन्ने बारे केही थाहा छैन किनकि कोरोना भाइरसको कुन खोपले यसको असर देखाउने हामीलाई थाहा छैन ।’
कोरोना खोपको लागतका बारे अहिले अनुमान मात्र लगाउन सकिन्छ । गरिब देशसम्म खोप पुग्नका लागि गाभी एलायन्स मार्फत भ्याक्सिन उत्पादकसँग बसेर मूल्य निर्धारण गरिने बताइएको छ ।
सामान्यतया खोप उत्पादक कम्पनीहरु खोपका लागि बिभिन्न मुल्यहरु राख्न निर्धारण गर्न चाहने बताइएको छ । जस्तै गरीब देशहरूको लागि मूल्य मध्यम आय भएका देशहरूको लागि थोरै उच्च मूल्य र धनी देशहरूको लागि उच्च मूल्य रहने छ ।
प्रतिक्रिया दिनुहोस