aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
पर्यटन पूवार्धार

पोखरा विमानस्थल निर्माण कार्य ६२ प्रतिशत सकियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ साउन २०७७
पोखरा विमानस्थल निर्माण कार्य ६२ प्रतिशत सकियो

पोखरा । पोखरामा निर्माणाधिन अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको निर्माण कार्य ६२ प्रतिशतसम्पन्न भएको छ । पोखरा विमानस्थल निर्माणको काम सन्तोषजनक रहेको र अब कुनै अवरोध नभई काम हुने हो भने निर्धारित समय सिमामा काम हुने विमानस्थल आयोजना प्रमुख विनेश मुनानकर्मीले बताए  ।

उनकाअुनसार आयोजनास्थलमा अहिले पनि लकडाउन जस्तै गरी काम भने भइरहेको छ । विमानस्थलको निर्माण जुन २०२१ मा  सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । विमानस्थलमा अहिले टर्मिनल भवन निर्माणको काम जारी रहेको छ । राष्ट्रिय गौरवको यस आयोजना कुल २१ अर्ब रुपैयाँ लागतमा निर्माण हुन लागेको हो ।
विमानस्थल निर्माणमा अहिले झण्डै ३ सय ५० जना कामदार खटिएका छन् । त्यसमध्ये २ सय ४४ जना चिनियाँ र १ सय जना नेपाली कामदार रहेको मुनानकर्मीले रहेका छन् । 


 

प्रतिक्रिया दिनुहोस