aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

सिम कार्ड किन्दा र रिचार्ज गर्दा २ % कर सरकारलाई तिर्नुपर्ने लागु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ साउन २०७७
सिम कार्ड किन्दा र रिचार्ज गर्दा २ % कर सरकारलाई तिर्नुपर्ने लागु

काठमाडौं । सरकारले ल्याएको नयाँ निति अनुसार सिम किन्दा र रिचार्ज हाल्दा सबै प्रकारका प्रयोगकर्ताले २ प्रतिशत कर तिर्नुपर्ने भएको छ । यसअघि सरकारले प्रिपेड सिममा मात्र लिँदै आएको थियो ।

तर अब आगामी नयाँ अर्थिक वर्ष साउन १ गतेबाट लागूहुनेगरी पोष्टपेड मोबाइल रिचार्ज गर्दा कर लाग्नेछ । अर्थमन्त्री युवराज खतिवडाले यो पटकको बजेटमा रिचार्ज र सिम कार्डमा पनि २ प्रतिशत कर बढाइने घोषणा गरेको थियो ।

त्यसका साथै अब सिम किन्दा पनि मूल्य वापतको २ प्रतिशत रकम खरिदकर्ताले तिनुपर्नेछ । अर्थमन्त्री खडिवडाले जेठ १५ गते संसद्मा आर्थिक ऐनमा टेलिफोन स्वामित्व शुल्क शीर्षकमा हरेक सिम कार्ड र रिचार्ड कार्डमा २ प्रतिशत मोबाइल स्वामित्व शुल्क लिने उल्लेख गर्नुभएको थियो ।

हाल नेपाल टेलिकमले ग्राहकहरुरलाई एसएमएस मार्फत यसको जनाकारी गराईरहेको छ ।


 

प्रतिक्रिया दिनुहोस