aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

काठमाडौं उपत्यकामा थपिए १५ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ साउन २०७७
काठमाडौं उपत्यकामा थपिए १५ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा भक्तपुरका एक जना, काठमाडौंका २ जना, शुक्रराज ट्रपिकल तथा शरुवा रोग अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ७ जना, विर अस्पतालमा गरिएको परिक्षणमा  काठमाडौंका २ जना, त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा काठमाडौंका १ जना, स्टार अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ । जसमा १४ हजार २१ जना निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस