aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

आज पनि थपिए २७४ जनामा कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ साउन २०७७
आज पनि थपिए २७४ जनामा कोरोना संक्रमित

काठमाडौं । नेपालमा २७४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २७४ जना नयाँ संक्रमित थपिएका हुन्।  

गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ४ जनाको पिसिआर परीक्षण गरिएको छ।  हालसम्म ३ लाख ६४ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ। यस्तै, नेपालभर सङ्क्रमितको सङ्ख्या १९ हजार ५ सय ४७ पुगेको छ । बुधबार २ सय २७ जना डिस्चार्ज भएका छन्। हालसम्म १४ हजार २ सय ४८ जना निको भएका छन्।

प्रतिक्रिया दिनुहोस