aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

काठमाडौं उपत्यकामा थपिए ४५ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ साउन २०७७
काठमाडौं उपत्यकामा थपिए ४५ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा भक्तपुरका २ जना, काठमाडौंका १९ जना, शुक्रराज ट्रपिकल तथा शरुवा रोग अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका १३ जना, त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा काठमाडौंका ४ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ३ जना र स्टार अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका २ जना र ललितपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

योसंगै नेपालभर कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार ५ सय ४७ पुगेको छ । जसमा १४ हजार २ सय ४८ जना निको भएका छन्।

प्रतिक्रिया दिनुहोस