aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

सेलपे सेवाको एनीभर्सरी अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ साउन २०७७
सेलपे सेवाको एनीभर्सरी अफर

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले आफ्नो वार्षिकोत्सवमा  एनीभर्सरी अफर लिएर आएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले श्रावण १६, २०७७ का दिन सेलपेबाट पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत ९अधिक्तम एक हजारसम्म० क्यासब्याक पाउनेछन् । यो अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाईलमा सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नु पर्ने छ । 

यसका साथै सेलपेका ५ जना भाग्यशाली ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा १०० सेकेण्डभित्र १रुपैयाँमा असीमित ग्रोसरी सामानहरु किनमेल गर्ने मौका पाउनेछन् । सेलपेको वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको माझ खुशी बाड्नको लागि यस अफरको सुरुवात गरिएको हो । 

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु वास्तविक समयमा भुक्तानी,बिना वालेट कारोबार गर्न सकिने,सरल एवं सुरक्षित र लोयाल्टी पोइन्ट्स पाईने छ । 

सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर गर्न सकिन्छ ।  

त्यस्तै बीमा रकम भुक्तानी, इएमआइ भुक्तानी, कोविड(१९ को बीमा रकम भुक्तानी तथा शेयर कारोबार, पी२पीबी, पी२ बी, बी२पी, बी२बी आदि वास्तविक समयमा गर्न सकिन्छ । यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्ने सेलपेले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस