aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कोरोनाबाट जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृतको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ साउन २०७७
कोरोनाबाट जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृतको मृत्यु

काठमाडौं । जगदम्बा इन्टरप्राइजेज प्रालि वीरगंजका प्रमुख कार्यकारी अधिकृतको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा ५६ वर्षीय प्रमुख कार्यकारी अधिकृतको गए राति मृत्यु भएको हो । उनी भारतिय नागरिक हुन् । 

गण्डक कोभिड अस्पतालका अनुसार राति साढे ११ बजे उनको गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो। उनी मुटुरोगी थिए । साउन ७ गते उनलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। हिजो दिउँसोदेखि अक्सिजनको मात्रा शरिरमा कम भएपछि भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो।
 

प्रतिक्रिया दिनुहोस