
कोरोनाबाट कसरी बच्ने ? सबैको एउटै जवाफ छ– सफा पानीले बारम्बार हात धुने र संक्रमित व्यक्तिबाट टाढा बस्ने । तर, अहिलेसम्म कसैले पानीले नै कोरोना भाइरस मार्छ भनेर दाबी गरेका थिएन । जुन दाबी रुसी वैज्ञानिकहरूले हालै गरेका छन् ।
यदि यी वैज्ञानिकहरुो दाबी सत्य हो भने कोरोना भाइरस मार्न स्यानिटाइजर लगाइराख्नु पर्दैन । स्टेफ रिसर्च सेन्टर अफ भाइरोलोजी एन्ड बायो नेक्नोलोजीद्धारा गरिएको अध्ययनमा यस्तो नतिजा प्राप्त भएको वैज्ञानिकहरूको दाबी छ ।
उनीहरूको दाबी अनुसार कोरोना भाइरस पानीमा ७२ घण्टा राख्ने हो भने पूर्ण रूपमा नष्ट हुन्छ । भाइरसको स्वरूप पानीको तापक्रममा निर्भर रहन्छ । उनीहरूको दाबी यो छ की ९० प्रतिशत भाइरसका कण २४ घण्टामा र ९९.९ प्रतिशत कोण कोठाको सामान्य तापक्रममा राखिएको पानीमा मर्ने गर्छन् ।
उमालेको पानीमा त यो भाइरस एक छिन पनि टिक्दैन । कुनै अवस्थामा भाइरस पानीमा बाच्न त सक्छ तर, समुन्द्रको पानी या ताजा पानीमा भने यसले आफूलाई विस्तार गर्न सक्दैन ।
पानीमा नबाचे पनि यो भाइरस स्ट्रेन लेस स्थित, लिनोलिएन, काच, प्लास्टिक र सेरेमेक्सको सतहमा ४८ घण्टासम्म सक्रिय रहन्छ । यो भाइरस एकै ठाउँ रहन सक्दैन । र सामान्य घरेलु किटनाशकद्वारा पनि सजिलै मर्छ । लगभग ३० प्रतिशतको कन्सन्ट्रेट इथाएल र आइसोप्रापायल अल्कोहलमा आधा मिनेट भित्रै यो भाइरस मर्छ । त्यसैले यो पछिल्लो सोध अनुसार अब ७० प्रतिशत अल्कोहल हालेको स्यानिटाइजरको जरुरत छैन । सामान्य क्लोरिनको झोल नै पनि कोरोना भाइरसलाई सजिलै मार्न सकिन्छ ।
रुसी वैज्ञानिकहरूले कोरोना भाइरस विरुद्ध खोप समेत विकास गरिसकेको दाबी गरिसकेका छन् । त्यहाँका सञ्चारमाध्यमहरुले जनाए अनुसार गेमालेया इन्टिच्यूटद्धारा विकास गरिएको खोप अबको १५ दिन देखि नै सर्वसाधारणका लागि उपलब्ध गराइनेछ ।
प्रतिक्रिया दिनुहोस