aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

आज पनि थपिए २२४ जनामा कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ साउन २०७७
आज पनि थपिए २२४ जनामा कोरोना संक्रमित

काठमाडौं । नेपालमा २२४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २२४ जना नयाँ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका नयाँ संक्रमित झापाका १३, मोरङका १५, धनुषाका १, बाराका ४, सर्लाहीका १, पर्साका ४१, रौतहटका ३, बझाङका २५, कैलालीका १५, काठमाडौँका ३२, नुवाकोटका २, ललितपुरका ५, भक्तपुरका १, नवलपरासीका २, मकवानपुरका १, दार्चुलाका १६, कञ्चनपुरका १८, सप्तरीका १, कास्कीका ३, म्याग्दीका २, तनहुँका १, गुल्मीका २, रुपन्देहीका १, बाँकेका १, दैलेखका २, दाङका ३, बैतडीका १० तथा डोटीका ३ जना रहेका छन् ।  

पछिल्लो २४ घण्टामा एक सय ५१ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । योसहित निको भएर घर फर्किनेको संख्या १४ हजार तीन सय ९९ जना पुगेको छ । त्यस्तै, नेपालमा अहिले पाँच हजार तीन सय १६ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ३ लाख ७५ हजार ४ सय १६ जनाको पिसिआर परीक्षण भएको छ। 

प्रतिक्रिया दिनुहोस