
काठमाडौं । नेपालमा ३१५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३१५ जना नयाँ संक्रमित थपिएका हुन् ।
प्रवक्ता गौतमका अनुसार कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ। संक्रिय संक्रमितको संख्या पाँच हजार तीन सय ३८ रहेको छ। शुक्रबार २२४, बिहीबार २७४, बुधबार २१०, मंगलबार ३५३, सोमबार १३९ जनामा कोरोना संक्रमण देखिएको थियो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९३ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १४ हजार ४९२ पुगेको छ। डिस्चार्ज प्रतिशत ७२ दशमलव माथि भएको प्रवक्ता गौतमले जानकारी दिए। अहिले क्वारेन्टाइनमा ११ हजार पाँच सय ३३ जना रहेका छन्।
प्रतिक्रिया दिनुहोस