aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ साउन २०७७
काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा काठमाडौंका २ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका १ जना, नेपाल कोेरिया मैत्री अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका २ जना, भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

योसंगै हाल नेपालभर ५ हजार ३ सय ३८ जना सक्रिय संक्रमित रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस