aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

बग्गीखाना पूर्ण सिल गरियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ साउन २०७७
बग्गीखाना पूर्ण सिल गरियो

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि  महाशाखा बग्गीखाना पूर्णरुपमा सिल गरिएको छ। त्यहाँ कार्यरत एसएसपीदेखि ट्राफिक प्रहरी जवानसहित ३ सय जना भन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ। सेवाग्रहीदेखि अन्य प्रहरीलाई समेत महाशाखामा आवतजवात गर्ने निषेध गरिएको छ।

महाशाखाका एसएसपी भीमप्रसाद ढकालले अहिले सिल गरेर को-को सँग सम्पर्कमा आएका थिए भन्ने लिष्ट बनाउँदै गरिएको बताए । उनले क्वारेन्टाइनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पीसीआर परीक्षणको तयारी भइरहेको बताए । 

महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस