
काठमाडौं । नेपालमा २४६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २४६ जना नयाँ संक्रमित थपिएका हुन् ।
प्रवक्ता गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका १० जना, कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणमा मोरङका १३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा मोरङका एकजना, सुनसरीका ३ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोशगाला जनकपुरमा गरिएको परीक्षणमा धनुुषाका ३५ जना, चितवनका एकजना, महोत्तरीका ४ जना र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा पर्साका ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बझाङका २ जना, डोटीका ११ जना, कैलालीका १० जना, काठमाडौंका ११ जना र ललितपुरका ४ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका एकजना, दार्चुलाका एकजना, गोरखाका एकजना, काठमाडौंका ८ जना, रौतहटका २ जना, सिन्धुलीका एकजना र सुनसरीका एकजना, वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा ललितपुरका एकजना, पर्साका एकजना र सल्र्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा पर्साका २ जना, ललितपुरका ३ जना र महोत्तरीका एकजना, नेपाल कोरीयामैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा भक्तपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ५ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बाग्लुुङका एकजना लमजङुका ३ जना, स्याङ्जाका ८ जना र तनहुँका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बर्दियाका ९ जना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ३ जना रुपन्देहीका एकजना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डोटीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ । जसमा निको हुनेको संख्या हालसम्म १४ हजार ६०३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस