
काठमाडौं । काठमाडौं उपत्यकामा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।
प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा काठमाडौंका ११ जना, ललितपुरका ४ जना, शुक्रराज अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ८ जना, विर अस्पतालमा काठमाडौंका १ जना, शिक्षण अस्पतालमा गरिएको परिक्षणमा ललितपुरका १ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका २ जना, स्टार अस्पताल ललितपुरका ३ जना, नेपाल कोेरिया मैत्री अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ । जसमा निको हुनेको संख्या हालसम्म १४ हजार ६०३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस