aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कोरोनाका कारण थप एकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ साउन २०७७
कोरोनाका कारण थप एकको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप एकको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । 

प्रवक्ता गौतमका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका १६ का ६८ वर्षिया महिलाको साउन १७ गते कोरोनाबाट मृत्यु भएको हो । ज्वरो र खोकीको समस्या देखिएपछि साउन १४ गते उनी नारायणी बयोधा अस्पतालको आइसियुमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि १७ गते नारायणी कोभिड अस्पताल रिफर गरिएकोमा बाटोमै मृत्यु भएको हो । मधुमेह र उच्च रक्तचापको ती वृद्धामा १६ गते कोरोना पोजेटिभ देखिएको थियो । 

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।   

 

प्रतिक्रिया दिनुहोस