aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

६० वर्षमाथिका ज्येष्ठ नागरिक र १२ वर्षमुनिका बालबालिकालाई घरबाट ननिस्कन आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ साउन २०७७
६० वर्षमाथिका ज्येष्ठ नागरिक र १२ वर्षमुनिका बालबालिकालाई घरबाट ननिस्कन आग्रह

काठमाडौं । सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक र १२ वर्षमुनिका बालबालिकालाई घरबाट ननिस्कन आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमण दर बढिरहेकोले कोरोनाको उच्च जोखिम रहने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० वर्षमाथिका ज्येष्ठ नागरिक र १२ वर्षमुनिका बालबालिकालाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाण्डौ तथा काठमाण्डौ जस्तै बसोबास बढी भएका क्षेत्रमा जोखिममा पर्ने उमेर समूहका मानिसलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको बताए । 

आइतबार नेपालमा दुई सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै गएको २४ घण्टामा एक सय ११ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या १४ हजार ६ सय तीन पुगेको छ । 

प्रतिक्रिया दिनुहोस