
काठमाडौं । सरकारले आरडिटीको माध्यमबाट कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडिटी विधिबाट परीक्षण नगर्न निर्देशन दिएको हो।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आरडिटी परीक्षण नगर्न निर्देशन दिए । सात वटै प्रदेश, स्थानीय तह र अस्पताललाई आरडिटी परीक्षण नगर्न डा गौतमले जानकारी गराएका छन्।
यसअघि विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको आरडिटी परीक्षणलाई सरकारले मान्यता दिँदै आएको थियो।
प्रतिक्रिया दिनुहोस