aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

एप्पल इंकले चिनियाँ एप्प स्टोरबाट २६ हजार भन्दा बढी गेमिङ्ग एप्स हटायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ साउन २०७७
एप्पल इंकले चिनियाँ एप्प स्टोरबाट २६ हजार भन्दा बढी गेमिङ्ग एप्स हटायो

काठमाडाैं । एप्पल इंकले चिनियाँ एप्प स्टोरबाट २९ हजार ८०० भन्दा बढी अनुप्रयोगहरु हटायो, जसमध्ये २६ हजार भन्दा बढी अनुप्रयोग गेमिंगका लागि छन् ।

चीनको एक अनुसन्धान फर्म क्यूमाईले आफ्नो एक रिपोर्टमा यस बारेमा जानकारी दिएको छ ।

एप्पलको यो कारबाही चिनियाँ नियामक निकायद्वारा इजाजत नदिई संचालनमा रहेका एप्स (अनुप्रयोगहरू) को बारेमा हो ।

यद्यपि यस विषयमा एप्पलले अहिलेसम्म कुनै सूचना सार्वजनिक गरेको छैन् ।

यस वर्षको फेब्रुअरीमा, एप्पलले पब्लिसनहरूलाई स्थानीय सरकारबाट जारी गरिएको इजाजतपत्र नम्बरका बारे जानकारी दिनको लागि जूनसम्म म्याद दिएको थियो ताकि प्रयोगकर्ताहरूले इन-एप खरीदको सुविधा पाउन सकुन् ।

चीनको एन्ड्रोइड एप स्टोरले यी नियमहरू धेरै पहिलेदेखि पालना गरिरहेको छ । यद्यपि, यो अझै स्पष्ट छैन किन एप्पल यस वर्ष नियम पालनाका लागि कडा बनेको छ ।

जुलाईको पहिलो हप्तामा स्मार्टफोन निर्माता कम्पनीले आफ्नो एप स्टोरबाट २५०० भन्दा बढी शीर्षकहरू हटाएको थियो ।

लामो समयदेखि चिनियाँ सरकारले चीनमा गेमिग उद्योगमा कडा नियमहरू लागू गर्न जोड दिइरहेको छ ताकि संवेदनशील जानकारी र सामग्रीलाई रोक्न सकियोस् ।

एपमा हुने इनएप पर्चेजको लागि स्वीकृति प्रक्रिया धेरै जटिल छ । एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस