aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

प्रदेश १ का मुख्य न्यायाधिवक्तालाई कोरोना पुष्टि, श्रीमती र छोरालाई पनि संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ साउन २०७७
प्रदेश १ का मुख्य न्यायाधिवक्तालाई कोरोना पुष्टि, श्रीमती र छोरालाई पनि संक्रमण

विराटनगर । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यमा कोरोना संक्रमण देखिएको छ । विराटनगर महानगरपालिका ५ घर भएका उनीसहित परिवारका तीन सदस्यको रिपोर्ट पनि पोजिटिभ आएको छ । संक्रमित हुनेमा उनका छोरा र श्रीमती हुन् । कोरोनासँग मिल्ने केही लक्षण देखिएपछि परीक्षणका लागि उनीसहित तीनैजनाको स्वाब आइतबार संकलन गरिएको थियो । 

सामाजिक विकास मन्त्रालयका अनुसार उनलाई एक साताअघि उनलाई केही दिन ज्वरो आएको थियो । कोरोना लागेको हो की भनेर शंका लागेर परीक्षण गराउँदा कोरोना पुष्टि भएको हो । 

केही समयदेखि कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थित नभइकन उनी घरमै बसिरहेका थिए । संक्रमित तीनैजनालाई आइसोलेसमा भर्ना गर्ने तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस