aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

३ सय ५८ जना कोरोना संक्रमणमुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ साउन २०७७
३ सय ५८ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ९६१ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

७१.१ प्रतिशत निको भएका छन् । यसअघि हिजो १४ हजार ६०३ थियो । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस