aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

काठमाडौंका ४३ सहित  ४१८ जनामा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ साउन २०७७
काठमाडौंका ४३ सहित  ४१८ जनामा कोरोना संक्रमण

काठमाडौं । आज ५ हजार ७३२ जनामा कोरोना संक्रमण सक्रिए रहेको छ । जसमा बागमती प्रदेशमा ६ सय ५१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले नियमित पत्राकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।

साेमबार थपिएका संक्रमितहरू धरान, सुनसरी, झापाका १ मोरङ, सिराहा, सप्तरी, सर्लाही, बारा पर्सा, भक्तपुरका १ जना काडमाडौका ४३ जना, ललितपुर, बाँके, दाङ, कैलाली, सुर्खेतका २, दैलेखका २, कञ्चनपुरका ८ जना लगाएतका रहेका छन् ।

आज ४१८ जनामा कोरोना संक्रमण थपिएकासहित हालसम्म कुल संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।

त्यस्तै विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ३ सय ५८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । आज डिस्चार्ज भएकासहित हालसम्म १४ हजार ९ सय ६१ जना कोरोनाबाट निको भएका छन् ।

देशभर ५ हजार ६ सय ३२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म ३ लाख ९८ हजारको पिसिआर परीक्षणा भएको छ। त्यस्तै हालसम्म मृतक ५७ जनामा कोरोना पुष्टि भएको छ ।

सोमवार काठमाडाैं उपत्यकामा ५१ जना सङ्क्रमित थपिएका छन् ।

तीमध्ये काठमाण्डूमा ४३ जना, भक्तपुरमा पाँच जना र ललितपुरमा तीन जना भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ५,७३२ छ ।

तीमध्ये सबैभन्दा बढी प्रदेश नं २ मा २,३५७ जना छन् भने सुदूरपश्चिम प्रदेशमा १,५४९ जना रहेका छन् ।

त्यस्तै प्रदेश नं १ मा २९०, वागमती प्रदेशमा ६५१, गण्डकी २७५, प्रदेश नं ५ मा ३१५ र कर्णाली प्रदेशमा २९८ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस