aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

कोरोना संक्रमणबारे प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ साउन २०७७
कोरोना संक्रमणबारे प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको अवस्था र जोखिमबारे स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले भोलि मंगलबार स्वास्थ्य मन्त्री ढकालसहित मन्त्रालयका विज्ञहरु, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का अध्यक्ष तथा विज्ञहरुसँग छलफल गर्न लागेको जनाएकाे छ ।

नेपालमा लकडाउन खेलेसँगै कोरोना संक्रमण र संक्रमितको मृत्युदर बढ्दै गएपछि प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकथामको जिम्मेवारी लिएका मन्त्रालय र निकायमा मन्त्री तथा विज्ञ र जनस्वास्थ्य विज्ञहरुसँग छलफल गर्न लागेका हुन् ।

नेपालमा लकडाउन खुले भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै पुनः लकडाउन गर्नुपर्ने सुझाव समेत दिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस