aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सप्तरीमा आजदेखि निषेधाज्ञा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० साउन २०७७
सप्तरीमा आजदेखि निषेधाज्ञा

सप्तरी । सप्तरीमा आजदेखि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण बढेपछि सप्तरीमा आजदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा (अत्यावश्यकबाहेक आवतजावत बन्द) लागू गरिएको हो । 

सप्तरी जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार आज बिहान ५ बजेदेखि साउन २६ गते साँझ ५ बजेसम्मका लागि निषेधाज्ञा जारी रहनेछ।

दिनप्रतिदिन कोरोना संक्रमण तीव्र बन्दै गएपछि अहिले प्रदेश २ का विभिन्न जिल्लाले धमाधम निषेधाज्ञा जारी गरिरहेका छन्। यसअघि बारा र पर्साले अनिश्चिकालका लागि निषेधाज्ञा लागू गरिसकेका छन्।

saptari

प्रतिक्रिया दिनुहोस