aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोशीटप्पुमा पर्यटक आगमनमा ३४ प्रतिशतले कमी

  • रासस
    रासस
  • मंगलबार, २० साउन २०७७
कोशीटप्पुमा पर्यटक आगमनमा ३४ प्रतिशतले कमी

इनरुवा । प्रदेश नं १ को पर्यटक ‘हव’का रूपमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा लकडाउनका कारण पर्यटक आगमनमा कमी आएको छ । कोभिड–१९ नियन्त्रण गर्नका लागि सरकारले गरेको लकडाउनका कारण आरक्षमा ३३ दशमलव ५७ प्रतिशतले पर्यटक आगमनमा कमी आएको हो।

आर्थिक वर्ष २०७५/७६ को चैत मसान्तसम्म नेपाली, सार्क मुलुकका र विदेशी गरेर १४ हजार ७१२ पर्यटक आएका थिए भने आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा ११ हजार १४ पर्यटकले कोशीटप्पु वन्यजन्तु आरक्षको अवलोकन भ्रमण गरेको आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले बताए ।

आर्थिक वर्ष २०७६/७७ मा नेपाली १० हजार ८२५, सार्क मुलुकका १९ र विदेशी १७० पर्यटकले आरक्षको अवलोकन भ्रमण गरेको आरक्षका संरक्षण अधिकृत चौधरीले बताए । आरक्षमा लकडाउनका कारणले आन्तरिक तथा बाह्य पर्यटकको आगमनका कमी आएको आरक्षका संरक्षण अधिकृत चौधरीले बताए । 

प्रतिक्रिया दिनुहोस