
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । करिब २ सय भन्दा बढी कर्मचारीमा गरिएको परिक्षणका १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीले जोखिममा पर्ने र स्टिङका लागि घुमिरहने प्रहरी लगायतका कर्मचारीको आइतबार स्वाब सङ्कलन गरिएकोमा आज १५ जनाको परीक्षणको नतिजा पोजेटिभ आएको बताए । उनले सङ्क्रमण पुष्टि भएकोमा अधिकांश सुरक्षाकर्मी रहेको बताए ।
उनका अनुसार आज नै सङ्क्रमित कर्मचारीहरुको कन्ट्याक्ट ट्रेसिङ शुरु गर्ने तयारी गरिएको छ । थप ४० जनाको स्वाब सङ्कलन गर्न लागिएको छ ।
प्रतिक्रिया दिनुहोस