aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कोशी अस्पतालको आइसोलेशनमा मृत्यु भएका उदयपुरका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० साउन २०७७
कोशी अस्पतालको आइसोलेशनमा मृत्यु भएका उदयपुरका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ

उदयपुर । विराटनगरको कोशी अस्पतालको आइसोलेशनमा मृत्यु भएका उदयपुरका एक पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गएराती मृत्यु भएका उदयपुरको बेलका नगरपालिका–१ का ५५ वर्षका पुरुषको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।  

कोशी अस्पतालका डाक्टर चुमनलाल दासका अनुसार स्वासप्रश्वासमा समस्या, उच्च ज्वरो र रुघाखोकीको कारण विराटनगरको विराट नर्सिङ होम ल्याएकोमा त्यहाँबाट कोशी अस्पतालको आइसोलेशनमा राखिएको थियो । उनको गएराति नै मृत्यु भएको हो । मृतक पुरुषको कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाब संकलन गरेर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो  । 

उनले मृतक पुरुषको रिपोर्ट नगेटिभ आएपछि शव परिवारका सदस्यलाई जिम्मा लगाइएको बताए ।  

प्रतिक्रिया दिनुहोस