
काठमाडौं । काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।
प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा भक्तपुरका ११, काठमाडौंका ३८ जना, शिक्षण अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ५ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका १ जना, स्टार अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका २ जना, ललितपुरका १ जना र बिआइडिएच ल्याबमा गरिएको परिक्षणमा काठमाडौंका ३ जना, नेपाल कोेरिया मैत्री अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या २१ हजार ९ रहेको छ । जसमा १५ हजार २६ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस