aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कोरोनाका कारण थप एकको मृत्यु, मृतकको संख्या ५८ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० साउन २०७७
कोरोनाका कारण थप एकको मृत्यु, मृतकको संख्या ५८ पुग्यो

काठमाडौं । कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । 

प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा विराटनगर महानगरपालिका–५ आदर्श टोलका विराटनगरका ७७ वर्षिया पुरुष रहेका छन् । ती पुरुष ज्वरो तथा स्वास प्रश्वासमा समस्या आएपछि उनी कोशी अस्पताल विराटनगरका भर्ना गरिएको थियो। मधुमेह तथा उच्च रक्तचापको समस्याबाट पीडित ती पुरुषको आइसोलेसनमा उपचारकै क्रममा मृत्यु भएको हो । 

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।   
 

प्रतिक्रिया दिनुहोस