
काठमाडौं । काठमाडौं उपत्यका प्रवेशको तीन नाकाबाट सङ्कलन गरी परीक्षण गरिएको स्वाबमा ४० जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १० हजार ८५३ जनाको स्वाब परीक्षण गरिएकोमा ४० जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार काठमाडौं प्रवेशको मुख्य नाका नागढुङ्गा–थानकोटबाट छ हजार ६४ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएकोमा १६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । त्यसैगरी, बीपी राजमार्ग भएर काठमाडौं प्रवेश गर्ने साँघाबाट तीन हजार ८४२ जनाको स्वाब परीक्षण गर्दा १३ जनामा सङ्क्रमण देखिएको छ भने फर्पिङ नाकाबाट एक हजार ३०७ जनाको स्वाब परीक्षण गरिएकोमा ११ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस