aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

ग्लोकल आफ्टर अनलाईन लर्निंग फेस्टिवलमा ७५ प्रतिशतसम्म छात्रवृत्ति जिते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० साउन २०७७
ग्लोकल आफ्टर अनलाईन लर्निंग फेस्टिवलमा ७५ प्रतिशतसम्म छात्रवृत्ति जिते

काठमाडौं, । अनलाईन लर्निंग फेस्टिवल २०२० एक हप्ता लामो अन्लाईन एवम रोमान्चक उत्सव हो जुन नेपालका एस. ई .ई विद्यार्थीहरूको लागि ग्लोकल आफ्टर  स्कूलद्वारा काठमाडौं वर्ल्ड स्कुलको सहकार्यमा आयोजना गरिएको थियो ।

यस कार्यक्रमको उद्देश्य सबै एसईई विद्यार्थीहरूलाई एक छाता अन्तर्गत एकीकृत गरी उनीहरूमा उत्साह, रचनात्मकता र उर्जाको उत्थानको लागि महत्वपूर्ण भूमिका निर्वहा गर्नु रहेको थियो । यो एक किशोरकिशोरीहरुका लागि सिकाइको मन्च थियोे र यसमा उनिहरुले  निशुल्क भाग लिन पाएका थिए ।  अन्लाईन लर्निंग फेस्टिवलले किशोरकिशोरीहरुका लागि सिपका बारेमा अन्बेशन गर्न, आफु सन्लग्न हुन एवम ज्ञान हासिल गर्न सहयोग पु¥याएको थियो । 

यो एक हप्ता लामो अन्लाईन कार्यक्रमका बिभिन्न बिशेषताहरु रहेका थिए ।  यस फेस्टिवल अन्तर्गत उनिहरुले बिभिन्न सिप आधारीत कार्यशाला, प्रतियोगिता, क्यारियर मार्गदर्शन सत्र, इन्स्पिरेसनल फिल्म स्क्रीनिंग डिस्कसन जस्ता बिभिन्न गतिबिधीहरुमा नि:शुल्क भाग लिन पाएका थिए । एस. ई .ई दिएका विद्यार्थीहरुले आफुलाई मनपरेको बिधामा सन्लग्न भई नयाँ सिप सिक्न मद्धत गरेको थियो।

यस कार्यक्रम जुलाई २९ गते सुरु भएको थियो र उनिहरुले भविष्य र क्यारियर निर्णयहरू लिन मद्दत गर्न प्रेरणादायक क्यारियर मार्गदर्शन सत्रमा भाग लिएका थिए । अन्लाईन लेअर्निङ फेस्टिबलको दोस्रो दिन इन्स्पिरेसनल फिल्म स्क्रीनिंग डिस्कसन मार्फत उनिहरुले अवलोकन, आलोचनात्मक र विश्लेषणात्मक सीप बिकास गर्न सफल भएका थिए । साथै अन्य दिनहरुमा उनिहरुले ३ छुट्टाछुट्टै कार्यशालामा सरिक भएका थिए जहाँ ब्यक्तित्व बिकास, बोल्ने कला एवम सामाजिक सन्जाललाई कसरी सुरक्षित रुपमा चलाउन सकिन्छ भनेर तिनै बिषयका विज्ञहरुबाट ज्ञान प्रदान गरिएको थियो।  

कार्यक्रमका मुख्य आकर्षण लेखन तथा चित्रकला प्रतियोगिता थिए । किशोरअवस्थामा सिप बिकासको महत्व झल्काएर आफ्नो लेखन कला प्रस्तुत गरेका थिए जसमा “शुभम यादव” प्रथम, “बियुश गिरी” दोस्रो एवम “बबिता काफ्ले” तेस्रो बिजेता बन्न सफल भएका थिए । यसैगरी चित्रकला प्रतियोगितामा उनिहरुले आफ्नो स्कुल जिबनका सम्झनाहरु कोरेर भाग लिएका थिए । प्रतियोगिताको बिजेतामा प्रथम “मोहित भट्टराइर्”, द्रितिय “सुदिप्ती श्रेष्ठ” एवम त्रितिय स्थानमा “पेमा गुरुङ” बिजेता बन्न सफल भएका थिए । 

दुबै प्रतिस्पर्धाका विजेताहरूले पुरस्कार स्वरुप प्रथम हुनेले १० हजार रुपैयाँ, दोस्रो ले पाँच हजार रुपैयाँ र तेस्रो बिजेताले दुई हजार रुपैयाँ नगद पुरस्कार  तथा उच्च अध्ययनका निमित्त ७५ प्रतशितसम्मको छात्रवृत्ति पनि जित्न सफल भएका थिए । यस कार्यक्रम मार्फत उनिहरुले सिपका महत्व एवम यसका आयमहरुलाई अझै बिशत्रित रुपमा जान्ने मौका पाएका थिए । 

अनलाइन लर्निंग फेस्टिवलमा विभिन्न रमाईलो गतिविधिहरू समावेश गरिएको थियो, जसको उद्देश्य उनिहरुमा सीप बिकास गर्नु रहेको थियो । उक्त कार्यक्रममा बिभिन्न बिद्यालयबाट २०० प्लस एस. ई .ई  दिएका विद्यार्थीहरुको सन्लग्नता थियो र उनिहरुले कार्यक्रममा उल्लेखनीय सहभागीता जनाएका थिए ।

एक हप्ता लामो अनलाइन लर्निंग फेस्टिवल प्रतियोगिताको विजेताको घोषणा पछि समापन गरियो । यस कार्यक्रम मार्फत हामीलाई आएको प्रतीकृयाले हामीलाई सीप विकास र शिक्षाको लागि काम गर्न थप उर्जा प्रदान गरेको छ । 


 

प्रतिक्रिया दिनुहोस