
पर्सा । पर्सामा गत सोमबार मृत्यु भएको एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
नारायणी अस्पतालका एक चिकित्सकका अनुसार पटक पटक बान्ता भएपछि नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल ल्याउने क्रममा उनको बाटोमा मृत्यु भएको हो ।
उनको अनुसार बाटोमै मृत्यु भएकी १८ वर्षीया युवतीको मंगलबार राति गरिएको कोरोना परीक्षणको नतिजा पोजिटिभ आएको हो । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस