
काठमाडौं । नेपालमा ३८१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३८१ जना नयाँ संक्रमित थपिएका हुन् ।
नयाँ संक्रमित हुनेहरुमा सुनसरीका २, ईलामका २, उदयपुरका १, मोरंगका १४, सप्तरीका ८, पर्साका १५१, काठमाडौँका ५७, सर्लाहीका ५, धनुषाका १२, महोत्तरीका १६, सिराहाका २, धादिङका २, बाराका २८, कपिलवस्तुका ९, गोरखाका ३, ललितपुरका ५, मकवानपुरका ४, रौतहटका २, सिन्धुपाल्चोकका १, बागलुङका २, स्याङ्जाका १७, कास्कीका १, बाँकेका १३, दाङका १, सुर्खेतका १० , कालिकोटका १ र बझाङका ११ जना रहेका छन्।
गौतमका अनुसार संक्रिय संक्रमितको संख्या ६ हजार १७४ रहेको छ। पछिल्लो २४ घण्टामा १३१ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार १५६ पुगेको छ। अहिले क्वारेन्टाइनमा ९ हजार ९२५ जना रहेका छन्।
प्रतिक्रिया दिनुहोस