
विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज (शुक्रबार) वेष्ट इन्डिज र पाकिस्तान भिड्दैछन् । इन्डिजका कप्तान जेसन होल्डरले टस जितेर पाकिस्तालाई ब्याटिङको निम्ता दिएका छन् ।
पहिलो इन्डिङमा पाकिस्तानले २१.४ ओभरमा सबै विकेट गुमाउँदै १०५ रन मात्र बनाएको छ । पाकिस्तानका ४ खेलाडी बाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । कसिलो बलिङको सुरुवात गरेका वेष्ट इन्डिजका बलरहरुले ओपनर इमामा उल हकलाई २ रनले अउट गरे । उनलाई शेलडन कोटरेलले आउट गरेका हुन् ।
त्यसपछि पनि विकेटको सिलसिला रोकिएन । अर्का ओपनर फखर जमानलाई २२ रनको व्यक्तिगत स्कोरमा रसेलले आउट गरे । त्यसपछि आएका हरिस सोहेल पनि ८ रन बनाउँदै आउट भए ।
पाकिस्तानले टीमको ६४ रनको स्कोरमा बावर आजमलाई चौथो विकेटको रुपमा गुमायो, उनले २२ रन बनाएका थिए । ८ रन बाउँदै कप्तान सर्फराज अहमद होल्डरको सिकार बने । त्यस समय पाकिस्तानको स्कोर ७५ रन थियो । हफिजले १६ रन र वाहव रियाजले १८ रन बाहेक अन्य व्याट्मेनले धेरै रन बनाउन सकेनन् ।
बलिङमा वेष्ट इन्डिजका ओशेन थोमासले ५.४ ओभर बलिङ गर्दै २७ रन खर्चेर ४ विकेट लिए भने कप्तान होल्डरले ३ विकेट, रसेलले २ विकेट र कोटरेलले १ विकेट लिए ।
वेष्ट इन्डिजलाई पाकिस्तानले दिएको १०६ रनको लक्षको पिछा गर्न धेरै मुस्किल नहुने देखिए पनि पाकिस्तानको बलिङ अट्याक पनि राम्रो छ । पराकिलो अन्तरले जित निकाल्दै इन्डिज २ अंकको साथ रनरेटमा पनि राम्रो फाइदा लिने दाउमा छ ।
प्रतिक्रिया दिनुहोस