aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

संघीय संसद सचिवालयका प्रवक्ता पाण्डेलाई कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ साउन २०७७
संघीय संसद सचिवालयका प्रवक्ता पाण्डेलाई कोरोना संक्रमण

काठमाडौं । संघीय संसद सचिवालयका प्रवक्तालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको हो । 

सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली दुई साताअघि वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएको थियो । उक्त टोलीमा रहेका सांसद यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रवक्ता पाण्डेसहितका सचिवालयका ८ जना कर्मचारीमा पनि कोरोना परीक्षण गरिएको थियो ।

पर्साबाट निर्वाचित उपसमितिका संयोजक प्रदीप यादवलाई पनि केही दिनअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ। 
 

प्रतिक्रिया दिनुहोस