
काठमाडौं । कोरोना भाइरसका कारण थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ५ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।
प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा मोरङका ४५ वर्षिया २ पुरुष, सर्लाहीकी ६५ वर्षिया महिला, धनुषाकी ७२ वर्षिया महिला र सप्तरीका ४२ वर्षिया पुरुष रहेका छन् ।
योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस