
काठमाडौं । काठमाडौं उपत्यकामा थप ८७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।
प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा काठमाडौंका २५ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका १ जना, काठमाडौंका १५ जना, ललितपुरका २ जना, किटजन्य रोग अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका १ जना, विर अस्पतालमा काठमाडौंका ३ जना, शिक्षण अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ५ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका १३ जना, स्टार अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ४ जना, ललितपुरका १ जना, बिआइडिएच ल्याबमा गरिएको परिक्षणमा ललितपुरका ६ जना, ह्याम्स अस्पतालका गरिएको परिक्षण्मा काठमाडौंका ९ जना, ललितपुरका १ जना, विरेन्द्र अस्पतालमा काठमाडौंका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस