aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

‘कोरोना संक्रमित बढ्दै गए अस्पतालको बेडदेखि स्वास्थ्यकर्मीसमेतको अभाव हुन सक्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ साउन २०७७
‘कोरोना संक्रमित बढ्दै गए अस्पतालको बेडदेखि स्वास्थ्यकर्मीसमेतको अभाव हुन सक्छ’

काठमाडौं । नेपालमा कोरोना संक्रमणको दर बढ्न थालेपछि सरकारले सुरक्षाका विधिहरु अनिवार्य पालना गर्न भनेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले अहिलेकै जसरी संक्रमण दर बढ्दै गएमा नेपालमा रहेको स्वास्थ्य संस्थाहरुले धान्‍न नसक्ने बताएका हुन्। 

‘कोरोना संक्रमण वृद्धि हुँदै गएको छ । यसले अस्पतालको बेड, स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मीको अभाव हुन सक्ने सम्भावना देखिएको छ’, गौतमले भने, ‘ अहिलेसम्म कोरोनाको औषधि पत्ता नलागेकाले भौतिक दूरी कायम गर्न, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्न मन्त्रालय अपील गर्दछ ।’

उनले सीमा क्षेत्रमा सचेत हुन पनि भनेका छन्। ‘भारतसँग सिमा जोडिएका क्षेत्रमा संक्रमणको जोखिम बढि भएकोले प्रदेश सरकारले स्थानीय सरकारले आवश्यक तयारी गर्नुपर्ने छ’, उनले भने। उनले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन पनि भनेका छन्।  

उनले सावधानी नअपनाए संक्रमित बढ्ने भन्दै यस्तो अवस्थामा अस्पतालले धान्न नसक्ने भएकाले बैलैमा होसियारी अपनाउन आग्रह गरे । यस्तै मन्त्रालयले सरकारी तथा गैरसरकारी कार्यालयमा सभासम्मेलन, गोष्ठी लगायतका भिडभाड हुने कार्यक्रम नगर्न पनि अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस