aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

केबलबाट २५८ मा १४५ टीभी डिजिटल च्यानल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ जेठ २०७६
केबलबाट २५८ मा १४५ टीभी डिजिटल च्यानल

काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसुले Cricket World Cup को अबसर पारी Clear TV तथा Internetसेवाको नयाँ मूल्य निर्धारण गरेकोछ । 

विश्वको लोकप्रिय खेल Cricket World Cup 2019 लाई लक्षित गर्दै नेपाली दर्शकले राम्रो क्वालिटिका साथ उचित मुल्यमा मनोरञ्जन प्राप्त गरुन् भन्ने उद्देश्यले कम्पनीले आफ्ना सेवाहरुमा आकर्षक मूल्य ग्राहकहरुमाझ प्रस्तुत गरेको हो । 

नेपाली दर्शकले अब मात्र २५८ रुपैयाँ प्रति महिनामा २४५ डिजिटल च्यानलहरुका साथमा ५० आकर्षक एच.डि च्यानलहरु हेर्न पाउनु हुनेछ । साथै Clear TV (२४५ डिजिटल च्यानलहरु जसमा ५० एच.डि च्यानलहरु) र 25 Mbps इन्टरनेट सेवा मात्र २१६ रुपैयाँ प्रति महिनामा  प्राप्त गर्न सक्नुहुने छ ।  यो सेवा प्राप्त गर्न ग्राहकहरुले एक बर्षको अग्रिम भूक्तानी गर्नुपर्नेछ भने कम्पनीको केही सर्त तथा नियमहरु लागू हुनेछन् ।

Clear TV का बारेमा
ऋभिबच त्ख्,सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायककम्पनीको उत्पादनहो । यो नेपालको पहिलोDigital Cable Television सेवा हो जसले :MPEG4 Standard Definition र  High Definition channels  केबल मार्फतConditional Access System(CAS) को प्रयोग गरि Set Top Box को माध्यमबाट प्रसारण गर्दछ ।

प्रतिक्रिया दिनुहोस