aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

पाटन अस्पतालमा कोरोना संक्रमणका कारण थप दुईको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ साउन २०७७
पाटन अस्पतालमा कोरोना संक्रमणका कारण थप दुईको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु भएको हो ।

सर्लाही घर भएका ४५ वर्षीय पुरुषलाई कुकुरले टोकेका कारण १९ गते अस्पतालमा भर्ना भएका थिए, उनको आज मृत्यु भएको हो । आईसीयूमा भर्ना भएका उनको इन्सेफ्लाटिसको समेत उपचार भइरहेको थियो । उनको शुक्रबार विहान ८ बजेर ४० मिनेटमा मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।

मृत्यु हुनेमा रुपन्देही, सुनौलीकी ४१ वर्षीया महिलालाई पनि १९ गते नै अस्पताल भर्ना भएकी थिइन् । पाठेघरको क्यान्सर र निमोनियाको विरामी उनको उपचारका क्रममा ११ बजेतिर मृत्यु भएको हो ।
 

प्रतिक्रिया दिनुहोस